पोखराबाट दोस्रो अन्तर्राष्ट्रिय उडान

काठमाडौं : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दोस्रो अन्तर्राष्ट्रिय उडान भएको छ । विमानस्थल सञ्चालनमा आएको आठ महिनापछि दोस्रो अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएको हो ।

आज भुटानको पारोबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रोयल भुटानको एयरबस ए ३१९ जहाजले उडान गरेको हो । उक्त विमान आज बिहान ६ः३९ बजे पोखरा विमानस्थलमा अवतरण गरेको थियो ।  विमान ८ः५  बजे  फर्किएको छ ।

यसअघि गत असार ६ मा चीनको सिचुवानबाट विमान पहिलोपटक चार्टर्ड उडान गरेको थियो ।

यसैबीच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली उड्डयन क्षेत्रमा नयाँ ईंटा थपिएको बताएका छन् । “आज नेपाली उड्डयन क्षेत्रमा अर्को ईंटा थपिएको छ,” मन्त्री किरातीले विमान अवतरणको भिडियो सामाजिक सञ्जालमा राख्दै भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?