दमौली : पौडी खेल्ने क्रममा मादी नदीमा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तनहुँको ऋषिङ गाउँपालिका–१ का १८ वर्षीय शक्ति थापा मगर रहेका छन् ।
व्यास नगरपालिका-५ परासर स्थित मादी नदीमा पौडी खेल्ने क्रममा मगरलाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।
“मादी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएरको रहेछ”, खाणले भने, “आज साँझा ६:३० बजे नदीले बगाएको खबर पाएका थियौँ ।”
हालसम्म नेपाली फेला नपरेको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?