काठमाडौं : विश्व सुन्दरी प्रतियोगिता २०२३ को फिनाले भारतको राजधानी नयाँ दिल्लीमा मंसिर ३० गते (डिसेम्बर १६) मा हुने भएको छ ।
यसअघि भारतमा प्रतियोगिता हुने भनिए पनि कुन ठाउँमा हुने खुलाइएको थिएन । विभिन्न ठाउँलाई लिएर अड्कलबाजी चलिरहेका थिए । द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले दिल्लीमा प्रतियोगिता हुने निश्चित भएको जानकारी दिए । विवरणअनुसार २७ वर्षपछि भारतमा मिस वर्ल्ड आयोजना हुन लागेको हो ।
विश्वका २० ठूला धनी देशहरुको सम्मेलन जी-२० को सफलतापूर्वक आयोजना भएको भारतमा विश्व सौन्दर्य प्रतियोगिताकै सर्वोच्च प्रतिस्पर्धा आयोजना हुन लागेको हो ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?