दमौली : न्याय परिषदले उच्च अदालतमा तनहूँका यज्ञ बहादुर राना मगर सहित २७ न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।
आज बसेको परिषद बैठकले नियुक्ति सिफारिस गरेको प्रवक्ता मानबहादुर कार्कीले बताए।
१८ जना जिल्ला न्यायाधीशबाट, न्याय सेवा, सरकारी वकिल र कानुन सेवाबाट तीन जना र कानुन व्यवसायीबाट ६ जनालाई उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरिएको हो।
सिफारिस भएकालाई प्रधानन्यायाधीशले नियुक्त गर्नेछन्। आज बसेको परिषद बैठकले उच्च अदालतका ३४ र जिल्ला अदालतका २६ न्यायाधीशको सरूवा पनि गरेको छ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?