पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बालबालिकाको अधिकार प्रत्याभूति गराउन आफू प्रतिबद्धता रहेको बताएका छन् ।
राष्ट्रिय बाल दिवसका अवसरमा प्रदेश बाल परिषद् तथा विभिन्न संघसस्थाको सहकार्यमा शुक्रवार आयोजना भएको बालबालिकासँग मुख्यमन्त्री कार्यक्रममा बोल्दै उनले बालबालिकाको हक अधिकार संरक्षण आफ्नो प्राथमिकतामा रहेको बताए ।
मुख्यमन्त्री पाण्डेले बालबालिकासँग बालबालिकाका मुद्दामा करिब २ घण्टा प्रश्नोत्तर गरेका थिए । बालबालिकाले प्रदेशस्तरमा भएका बालबालिकाका समस्या, योजनाबारे प्रश्न गरेका थिए ।
बालबालिकाका लागि आएका बजेट कसरी खर्च हुँदैछ भन्ने प्रश्नमा मुख्यमन्त्री पाण्डेले बालबालिका संरक्षण शीर्षक भनेर नभएपनि प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका कार्यक्रमहरुमा बालबालिकाका लागि खर्च गरिरहेको दाबी गरे ।
उनले बालअधिकारको संरक्षणका लागि नै प्रदेशको सबै जिल्लामा जिल्ला बाल अधिकार समिति गठन गरेर अघि बढेको सुनाए । उनले सामाजिक सञ्जालबाट बालबालिकामा पर्न सक्ने नकरात्मक प्रभावबाट सुरक्षित र सजग रहन बालबालिकालाई आग्रह समेत गरे ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?