राप्रपा तनहुँका कोषाध्यक्ष बिन्दुध्वजको निधन

दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँका कोषाध्यक्ष विन्दुध्वज अधिकारीको निधन भएको छ । व्यास नगरपालिका-११ निवासी अधिकारीको शनिबार बिहान निधन भएको हो ।

उनको उपचारका क्रममा जिएमसी अस्पताल पोखरामा मृत्यु भएको राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले जानकारी दिए । दिवंगत कोषाध्यक्ष अधिकारीको शनिवार नै व्यास नगरपालिका -३ स्थित आर्यघाटमा अन्त्येष्टि गरिएको घर्तीले बताए  ।

“आज एक कुशल ईमान्दार, निष्ठावान, राष्ट्र र राष्ट्रियता प्रति सँधै दृढ रहने राष्ट्रवादी व्यक्ति गुमाएको छ” घर्तीले भने ” पार्टीमा छोटो समयमा गर्नुभएको अमूल्य योगदानलाई पार्टीले कहिल्लै बिर्सने छैन”

पूर्व प्रहरी समेत रहेका अधिकारीप्रति जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरीले सलामी अर्पण गरेको थियो ।

त्यसअघि, अधिकारीको पार्थिव शरीरमा केन्द्रीय सदस्य गौ माया श्रेष्ठ र जिल्ला अध्यक्ष घर्तीले पार्टीको झन्डा ओढाएका थिए । जिल्ला प्रहरी कार्यलयका प्रहरीहरू, नेता–कार्यकर्ताले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?