देश र जनतालाई धोका दिने अधिकार कसैलाई छैन : रवि लामिछाने

गोरखा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताएका छन् । गोरखा सदरमुकाममा शनिबार आयोजित आमसभामा उनले एउटा युग पर्खेर जनताले आफ्नो पार्टीलाई भरोसा गरेको बताए ।

“हामी व्यक्ति र पार्टी बनाउन हिँडेका होइनौँ, मुलुकमा परिवर्तन गर्न हिँडेका हौँ,” सभापति लामिछानेले भने । नेपाली जनताले रास्वपालाई आशा र भरोसाको पार्टीका रूपमा हेरेको उनको भनाइ थियो ।

देशलाई समृद्ध बनाउने रास्वपाको अभियान रहेको उल्लेख गर्दै सभापति लामिछानेले क्षमतावान् व्यक्तिलाई राजनीतिमा लिएर जान चाहेको बताए ।

सभापति लामिछानेले पद पाउनका लागि मात्र आउनेलाई पार्टीले स्वीकार नगर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?