आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता सुरु

काठमाडौं : आन्दोलरत शिक्षक र नेपाल सरकारबीच सिंहदरबारमा वार्ता सुरु भएको छ।

वार्तामा सरकारको तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राईलगायत सरकारी प्रतिनिधिहरू रहेका छन्।

आन्दोलनरत तर्फबाट शिक्षक महासंघका प्रतिनिधि र विभिन्न घटकका शिक्षक संगठनका प्रतिनिधिहरू रहेको वार्तामा सहभागी एक शिक्षक नेताले जानकारी दिए।

गत भदाै २७ गते संसद्‌मा संघीय शिक्षा विधेयक टेबुल भएसँगै शिक्षकहरु आन्दोलनमा छन्। असोज ३ गतेयता उनीहरु राजधानी केन्द्रित आन्दोलन गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?