काठमाडौं : सुनको मूल्य मंगलबार प्रतितोला एक हजार ३०० रुपैयाँले घटेर कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको हो ।
यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला ३० रुपैयाँ घटेर कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?