क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा

काठमाडौं : क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन् । चीनमा जारी १९औं एसियन खेलकुदमा नेपालका तर्फबाट विश्वकीर्तिमानी गरेपछि नेपाल प्रहरीको जवानमा पदमा कार्यरत ऐरीको बढुवा भएको हो ।

क्रिकेटमा विश्वकीर्तिमानी राखेको सम्मानमा उनलाई बढुवा गर्ने निर्णय गरेको प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए । चीनमा आयोजित एसियन गेम्सअन्तर्गत क्रिकेटमा ऐरीले मंगोलियाविरुद्ध ९ बलमा अर्धशतक बनाउँदै विश्वकीर्तिमान रचेका हुन् ।

भारतीय ब्याट्सम्यान युवराज सिंहको नाममा रहेको १२ बलमा अर्धशतकको विश्वकीर्तिमानी ऐरीले तोडेका हुन् ।

नेपाल प्रहरीको क्रिकेट टिममा ऐरीले कप्तानीको भूमिकासमेत निर्वाह गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?