दमौली : पृथ्वी राजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिका–६ मौरी बजार र तुरतुरेको विचमा आइतवार बिहान साढे ४ बजे पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।
सडक विस्तार गर्न खनेको ठाउँमा माथिबाट सुख्खा पहिरो खसेर राजमार्ग सडक पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त पहिरो हटाउनको लागी जिल्ला प्रहरी कार्यालयका प्रमुख अवदेश विष्ट सहितको प्रहरी टोली खटिएको छ ।
स्थानीय पालिकाका चारवटा डोजरले पहिरो पन्छाउँदै कार्य भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजिव विष्टले जानकारी दिए।
मुख्य सडक अवरुद्ध भएको हुँदा पोखरा तर्फ जाने साना तथा मझौला सवारी साधनहरुको लागी बैकल्पिक बाटो दमौली भोर्लेटार चोक बाट कलेस्ती–पोल्याङ हुदै कास्की निस्किने सडक प्रयोग गर्नु हुन अनुरोध गरीएको विष्टले बताए ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?