दमौली : साढे चार घण्टा पछि पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।
म्याग्दे गाउँपालिका–६ मौरी बजार र तुरतुरेको विचमा आइतवार बिहान साढे ४ बजे पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको थियो।
सडक विस्तार गर्न खनेको ठाउँमा माथिबाट सुख्खा पहिरो खसेर राजमार्ग सडक पूर्ण रुपमा बन्द भएको थियो।
उक्त पहिरो हटाए पछि राजमार्ग पुनः सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?