दमौली : ११ औं राष्ट्रिय बिज्ञान दिवस-२०८० को सन्दर्भमा ऋषिङ्ग गाउँपालिकाको सहयोगमा तनहुँको दमौलिस्थित आदिकवि भानुभक्त क्याम्पसले बिज्ञान मेला-२०८० सम्पन्न भएकाे छ ।
कार्यक्रममा पालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बिज्ञान मेला-२०८० ले ऋषिङ्गले प्रबिधिको बिकास तर्फ मार्गदर्शन गर्दै आम बिद्यार्थिका भावनाहरुलाई साक्षात्कार बन्ने अवसर प्रदान गरेको बताए।
क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले मेलाले क्याम्पसका बिद्यार्थिहरुका लागि प्रबिधी बिकासको आधारभुत सिकाईका कार्यमन्च निर्माण गर्ने र ऋषिङ्गमा प्रबिधिको बिकाससँगै यसका प्रचारमा क्याम्पस सहयोगी बन्ने धारणा राखे।
मेलामा बिज्ञान सामाग्री प्रदर्शनी तर्फ शिव सरस्वती मा.बि. , बक्तृत्वकला तर्फ सरस्वती आधारभुत र चित्रकला तर्फ दिपक मा.बि. ले सर्बोकृष्ट भएका थिए।
क्याम्पसका अध्यक्ष बुद्धिमान श्रेष्ठको अध्यक्षतामा संचालित कार्यक्रममा ऋषिङ्ग गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापा, क्याम्पस संचालक समिती सदस्य मोहन गिरि, प्रमुख प्रशासकिय अधिकृत चीन बहादुर रानाभाट, शिव सरस्वती मा.बि.का अध्यक्ष दान बहादुर श्रेष्ठ लगातले शुभकामना मन्तब्य दिएका थिए।
कार्यक्रमकाे शान्ती मा.वि.का प्रधानाध्यापक ऋषिराम रानाभाटले सहजीकरण गरेका थिए ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?