पाटन महाेत्सव उद्घाटन पूर्व दमाैली बजारमा शोभायात्रा (तस्वीरहरु)

दमौली : बुधवारदेखि पाटन युवा क्लवको आयोजनामा दोस्रो पाटन खेलकुद, कृषि, व्यापार, सांस्कृतिक एवं पर्यटकीय महोत्सव –२०८० शुरु भएको छ। महोत्सवको गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले गर्दैछन् ।

तनहुँको व्यास नगरपालिका–५ पाटनमास्थित खेलकुद मैदानमा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

उदघाटनका दिन आज दमौली बजार परिक्रम गरी महोत्सव स्थलसम्म बृहत झाँकी सहितको शोभायात्रा निकालिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?