दमौली : जिल्ला प्रशासन कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिका-२ मा रहेको सुरज मिनरल वाटर उद्योग बन्द गर्न निर्देशन दिइएको छ ।
खाद्य निरीक्षक सहितको टोलीले अनुगमन गर्दा उद्योगमा मापदण्ड पालना नगरेको भेटिएको पछि उक्त उद्योग बन्द गर्न लगाइएको हो । पानी निर्देशिका २०७४ विपरीत सञ्चालन भएको भन्दै उद्योगहरूमा सिल लगाएर बन्द गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
खाद्य ऐन, २०२३ बमोजिमको प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४ बमोजिम विभिन्न मापदण्डहरु पालना नगरेको देखिएको भनी खाद्य निरिक्षकको प्रतिवेदन प्राप्त भएकाले सिफारिसमा तोकिएको मापदण्डहरु पुरा नगरेसम्म उद्योगको उत्पादनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशी राम गैरेले जानकारी दिए ।
चाडपर्व नजिकिँदै गर्दा म्याद गुज्रेका बस्तुहरु बिक्रि गर्ने उपभोक्ता ठगिने, चर्को मुल्य लिने लगायतका कार्यहरू हुने भएकाले त्यसको न्यूनीकरण गर्न अनुगमनलाई तीब्रता दिएको खाद्य निरीक्षक प्रशान्त पोख्रेलले बताए ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?