काठमाडौं : विश्वकप फुटबलको एसिया छनोटको पहिलो चरणमा नेपालले लाओससँग १–१ गोलको बराबरी खेलेको छ।
बिहीबार काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपाल र लाओसले बराबरी खेलेका हुन्। पहिलो हाफमा लाओस १–० गोलले अगाडि थियो।
खेलको ३३ औं मिनेटमा लाओसले गोल गरेको थियो। लाओसका लागि कप्तान बोनफाचन बौकोङ्गले नेपाली डिफेन्डरलाई बिट गर्दै खेलमा खाता खोलेका थिए।
दोस्रो हाफको सुरुवातमै नेपालले एक गोल गर्दै खेल बराबरीमा ल्याएको थियो। नेपालका अन्जन विष्टले खेलको ४७औं मिनेटमा कर्नर बललाई सदुपयोग गर्दै हेडमार्फत् बराबरी गोल गरेका थिए।
विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाउने लक्ष्यसहित मैदान उत्रिएको नेपालले पहिलो लेगमा अग्रता लिने अवसर भने गुमाएको छ।
नेपालले दोस्रो लेग अब लाओसको घरेलु मैदानमा अक्टोबर १७ मा खेल्नेछ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?