दमौली : दशैं नजिकिँदै जाँदा जिल्ला प्रहरी कार्यालय तनहुँले सर्वसाधारणका लागि विशेष १५ वटा अनुरोध गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्न प्रहरीको एकल प्रयासले मात्र संभव नहुने भएकाले सर्वसाधारणलाई पनि सजग रहन अनुरोध गरेको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्टले दशैंका बेला घर बाहिर जानु परेको खण्डमा आफ्नो नजिकको छिमेकीलाई वा प्रहरीलाई खबर गर्न उनले आग्रह गरेका छन्।
दशैंका बेला चोरी वाट लुटपाटका घटना बढ्ने हुनाले घर बाहिर जाँदा अमूल्य गर गहना नलगाउन उनको आग्रह थियो। कँही कतै अपरिचित व्यक्ति देखेको खण्डमा तत्काल प्रहरीलाई खबर गर्न प्रहरी उपरीक्षक बिष्टले सर्वसाधारणलाई आग्रह गरेका छन्।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?