वाणिज्य बैंकमा जागिर खुल्यो:८१४ जना कर्मचारीको माग

राष्ट्रिय वाणिज्य बैंकले ८१४ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।

बैकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका लागि आइतबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेको छन् ।

त्यसैगरी बैंकले दुई जना वरिष्ठ प्रबन्धक , ६ जना प्रबन्धक र १९ जना उपप्रबन्धक मागेको छ भने सहायक प्रबन्धक (प्रशासन, कानुन, सूचना प्रविधि, नगद), वरिष्ठ सहायक र सहायक पदमा ठूलो संख्यामा कर्मचारी मागेको हो । ५ मंसिरभित्र दरखास्त दिइसक्नुपर्ने सूचनामा उल्लेख गरेको छ ।

सूचना अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले सोमबारबाट अनलाइन फाराम भर्न सक्ने जानकारी दिएका छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?