अर्थतन्त्रको ढाड भाँचिएको छ, सरकारले सिटामोल पनि दिन सकेन : विष्णु पौडेल

बुटवल : नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र कहालीलाग्दो अवस्थामा पुग्दा पनि सरकार सत्ता टिकाउन मात्रै केन्द्रित भएको आरोप लगाएका छन् ।

आइतबार बुटवलमा प्रेस चौतारी रुपन्देहीको गरेको कार्यक्रममा उनले अर्थतन्त्र ढाँड भाँचिएर ‘मेजर अपरेसन’ गर्नुपर्ने अवस्थामा पुगेको बताएका हुन् ।

कर्मचारीलाई ऋण खोजेर तलब खुवाउनुपरेको, निर्माण सम्पन्न भएका आयोजनाहरुको अर्बौं रकम भुक्तानी हुन नसकेको, पेन्सन र सामाजिक सुरक्षा भत्ता दिन आन्तरिक ऋण लिनुपर्ने अवस्थाले अर्थतन्त्र असाधारण अवस्थामा पुगेको उपाध्यक्ष पौडेलले औंल्याए ।

सरकारले अपराधीलाई प्रोत्साहन गरेर पीडितलाई तर्साउने काममा उद्दत देखिएकाले लगानीमैत्री वातावरण समेत बिथोलिएको पौडेलले बताए ।

मुलुकमा धार्मिक सद्भावमा खलल पुर्‍याउने र साम्प्रदायिक सदभाव र आपसी सम्बन्धलाई बिथोल्ने प्रयासहरु समेत भइरहेकोप्रति सबै सचेत बन्नुपर्ने नेता पौडेलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?