लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा

काठमाडौं : नेपाल विश्वकप फुटबलको एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । ​मंगलबार भएको दोस्रो लेगमा घरेलु टोली लाओसलाई १–० गोलले हराउँदै नेपाल समग्रमा २–१ को नतिजासहित दोस्रो चरण प्रवेश गरेको हो ।

काठमाडौँको दशरथ रंगशालामा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।

आज नेपालको जितमा मनिष डाँगीले विजयी गोल गरे । मनिषले खेलको ५३ औं मिनेटमा नेपालका लागि गोल गरेका थिए ।

नेपालले अब समूह एचमा बहराईन, युएई र यमनसँग होम एण्ड अवेका आधारमा छनोट चरण खेल्न पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?