यूएईले नेपाललाई दियो १४१ रनको लक्ष्य

काठमाडौं : त्रिदेशी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको पहिलो खेलमा नेपाललाई १४१ रनको मध्यम लक्ष्य दिएको छ।

मुलपानी क्रिकेट मैदानमा पहिले फिल्डिङ रोजेको नेपालले कसिलो बलिङ गर्दा यूएईका ब्याट्सम्यानहरुले खुलेर खेल्न सकेनन्।

यूएईले २० ओभरमा १४० रन बनाउन सक्यो। यूएईलाई सस्तैमा समेट्न नेपालका करण केसीले ३ र गुल्शन झाले दुई विकेट लिए। सोमपाल कामी र अविनाश बोहोराले एक/एक विकेट लिए।

यूएईका लागि सबैभन्दा धेरै बसिल अहमदले अर्धशतक बनाए भने अलि नसिरले ३२ रन बनाए।

अहिले नेपालले जवाफी ब्याटिङ थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?