दमौली : नेपालीहरुको महान् पर्व विजयादशमी तथा शुभ दिपावली सुरु भएसँगै सदरमुकाम दमौली बजारमा मानिसहरूको चहलपहल बढ्न थालेको छ। बजारमा दिनप्रतिदिन मान्छेहरूको चहलपहल बढ्दै गएपनि यहाँको व्यापार तथा ब्यबसायमा भने चलाएमान हुन सकेको छैन।
गत बर्षहरुमा कोभिड महामारीका कारण व्यापार व्यावसाय ओरालो लाग्दै गएको थियो। तर यो बर्ष व्यवसायिले व्यापार व्यवसाय चलाएमन हुने अपेक्षा गरेको भएपनि चलायमान हुन नसकेको यहाँका व्यवसायीहरुको गुनासो छ ।
बजारमा काठमाडौं, चितवन लगायत विभिन्न ठाउँबाट दशैं मनाउन गाउँ फर्कने र दमौलीबाट गाउँ जानेको सङ्ख्याले सदरमुकाम दमौलीमा मानिसको चाप लागेको छ । तर ग्राहकले यो वर्ष खासै नयाँ कपडा किन्ने र खाध्यान्न किन्ने पटी चासो नदेखाएको पाइएको छ।
आर्थिक मन्दीका कारणले पनि यो वर्ष बजारका व्यापार व्यावसाय चलाएमान हुन नसकेको स्थानिय बताउछन्। बिहान देखी वेलुका सम्म पसल खेलेर बस्दा फाट्टफुट्ट मात्र ग्राहक आउने गरेको व्यवसायीहरुको भनाई छ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?