भारतको लगातार चौथो जित, बंगलादेश सात विकेटले पराजित

काठमाडौं : भारतमा जारी आईसीसी वान डे विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा भारतले जित निकालेको छ।

बंगलादेशलाई सात विकेटले हराउँदै भारतले प्रतियोगितामा लगातार चौथो जित जित निकालेको हो। यसअघि भारतले अस्ट्रेलिया, पाकिस्तानलाई र अफगानिस्तानलाई पराजित गरेको थियो।

पहिले ब्याटिङ गरेको बंगलादेशले २५७ रन बनाएको थियो। २५८ रनको लक्ष्य पाएको भारतले ४१ दशमलव ३ ओभरमै तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

जितका लागि भारतका तर्फबाट विराट कोहलीले अविजित रहँदै १०३ रनको योगदान गरे। यस्तै शुभमन गिलले ५३ रन बनाउँदा कप्तान रोहित शर्मा ४८ रन बनाउँदै आउट भए।

के एल राहुलले ३४, श्रेयस यय्यरले १९ रन बनाए। बंगलादेशका मेहेदी हसन मिरासले २ तथा हसन महमुदले एक विकेट लिए।

पहिले ब्याटिङ गरेको बंगलादेशका लागि  सर्वाधिक लिट्टोन दासले ६६, तन्जिद हसनले ५१, मुसफिक्यूर रहिमले ३८, महुदुल्लाहले ४६ रन बनाएका थिए।

भारतका लागि जसप्रीत बुमराह, महम्मद सिराज र रवीन्द्र जडेजाले समान दुई/दुई विकेट लिएका थिए। यस्तै सार्दुल ठाकुर र कुलदीप यादवले यादवले एक/एक विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?