
दमौली : तनहुँको व्यास नगरपालिका–५ पाटनमास्थित खेलकुद मैदानमा जारी ‘दोस्रो पाटन महोत्सव’मा आज अन्तिम दिन पल शाह आउने गरेकी छन् ।
महोत्सवमा शनिवार शाह सहित अन्य राष्ट्रिय तथा स्थानीय कलाकार तथा बिभिन्न साँस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएका छन् ।
आर्थिक, सामाजिक विकासका साथै स्थानीय उत्पादन, कृषि, धार्मिक, सांस्कृतिक, पर्यटकीयस्थल, उद्योग, व्यापार व्यवसायको सम्भाव्यता अध्ययन गरी प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव गरेको क्लबका अमरबहादुर थापाले जानकारी दिए।
रमाइलो मेला, फुटवल, भलिवल प्रतियोगिता समेत हुने महोत्सवमा प्रवेश गर्नका सामान्य व्यक्तिका लागि ८० रुपियाँ र विद्यार्थीका ५० रुपियाँ टिकट दर तोकिएको थियो । साथै ८ बर्ष मुनिका , जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि निशुल्क प्रवेशको व्यवस्था गरेको थियो।
१५ हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा करीब ३० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान छ । महोत्सवमा कूल आम्दानी २० लाख र नाफा १५ लाख ३५ हजार रुपैयाँ हुने अनुमान छ ।
महोत्सव असोज २४ देखि आज सामपन हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?