काठमाडौं : काठमाडौंमा जारी त्रिकोणात्मक श्रृंखलामा नेपालले हङकङलाई ७९ रनले पराजित गरेको छ । नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा हङकङले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्रै बनाउन सक्यो ।
हङकङका अन्सी रथले ४५ रन, अइजाज खानले २५ रन र बाबर हयातले २० रन जोडे ।
काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक श्रृंखलामा नेपालले हङकङलाई ७९ रनले पराजित गरेको छ । नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा हङकङले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्रै बनाउन सक्यो ।
हङकङका अन्सी रथले ४५ रन, अइजाज खानले २५ रन र बाबर हयातले २० रन जोडे ।
कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको विस्फोटक ब्याटिङसँगै लयमा फर्किएको नेपालले हङकङलाई २१४ रनको लक्ष्य दिएको हो । नेपालको पारी सम्हालेका कुशल मल्ल र ऐरीले १४५ रनको साझेदारी गरे ।
मल्लले ९२ रन र ऐरीले ५७ रन बनाएका थिए । यस्तै, आसिफ सेखले २० रन र कप्तान रोहित पौडेलले ११ रन बनाए ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?