व्यास-१४ केशवटारमा आयुर्वेदिक भवन समुद्घटन सम्पन्न

व्यास-१४ : राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्ती धन्वन्तरि पुजाको शुभ दिनको अवसरमा व्यास १४ केशवटारमा आयुर्वेदिक भवन समुद्घटन सम्पन्न भएको वडा अध्यक्ष काजीमान श्रेष्ठलेले दमौली अनलाईनलाई जानकारी दिएका छन् ।

अध्यक्ष श्रेष्ठले दमौली अनलाईनलाई कुरा गर्दै आयुर्वेद विकासको आधार जनशक्ति बिकासको पुर्वाधार भन्ने मुल नाराका साथ आयुर्वेद स्वास्थ्य केन्द्र व्यास -१४ ले १६ गते मंगलबार वैदिक पुजा सहित भवन उद्घाटन भएको जानकारी दिए।

उक्त कार्यक्रम वडा अध्यक्ष काजीमान श्रेष्ठलेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्याैपाने, बिशिस्ट अतिथि व्यास न पा का प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, वडा नं १२ का वडा अध्यक्ष तोत्र वहादुर कुंवर, कार्यपालिका सदस्य नरीमाया राना,तथा पूर्व प्र अ एवं समाजसेवी दुर्गा वहादुर अाले तथा अन्य अतिथिहरुको उपस्तिथि रहेको बताए ।

उनले कार्यक्रमका प्रमुख अतिथि बैकुन्ठ न्यौपानेले अायुर्वेधिक अौषधिको महत्वको बारेमा तथा केशबटारको बजार क्षेत्रको मुहार फेरिएको र विश्व बैकको कार्यक्रम बाट केशबटार मोटर मार्ग पुर्ण रुपले सम्पन्न हुने विचार व्यक्त गरेको जानकारी दिएका छन।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले केशबटार क्षेत्रलाई जडिबुटीको हब तयार पार्न साथै यसको सम्भावनाको विषयमा ध्यानाकर्षण गराएको बताए छन् ।

कार्यक्रमका अध्यक्ष एवं वडा अध्यक्ष काजीमान श्रेष्ठले नागरिक अारोग्य क्लिनिक मार्फत अायुर्वेधिक उपचारलाई वडा नं १२ र १३ मा समेत विस्तार गर्ने साथै वडा कार्यलय भवन, स्वास्थ्य केन्द्र भवन र प्रहरी चौकी समेतको लागि भवन क्रमश निर्माण गर्ने योजना रहेको समेत स्पष्ट परेका थिए ।

यसैगरी व्यास-१२ का वडा अध्यक्ष तोत्र वहादुर कुंवर, कार्यपालिका सदस्य नरीमाया राना,तथा पूर्व प्र अ एवं समाजसेवी दुर्गा वहादुर अालेले अा अाफ्नो मन्तव्य तथा शुभकामना दिएको समेत श्रेष्ठले जानकारी दिए।

धन्वन्तरिलाई आयुर्वेदका प्रवर्तकका रूपमा लिने गरिन्छ ।पौराणिक कालखण्ड देखि नै धन्वन्तरीलाई आरोग्यताका देवताका रूपमा हेरीएको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?