दुई मिनेटको अन्तरमा ५ र ५.१ म्याग्निच्युडको धक्का

धादिङ : धादिङमा दुई मिनेटको बीचमा भूकम्पको दुईपटक धक्का मापन गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङ दुई मिनेटको बीचमा ५ र ५.१ म्याग्निच्युडको धक्का मापन गरिएको हो ।

आइतबार दिउँसो ५ बजेर ३१ मिनेटमा पाँच म्याग्निच्युड र ५ बजेर ३३ मिनेटमा ५.१ म्याग्निच्युडको धक्का मापन गरिएको हो । केन्द्रका अनुसार धादिङमा एकैदिन १२५ भन्दा बढी परकम्प मापन गरिएको छ ।

आइतबार बिहान ७ बजेर ३९ मिनेटमा ज्वालामुखी गाउँपालिका–५, खरी आसपास केन्द्रविन्दु भएको ६.१ म्याग्निच्युडको धक्का मापन गरिएको थियो ।

त्यसपछि लगातार परकम्प हुँदा सो संख्यामा परकम्प मापन गरिएको केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?