सुनसान बन्यो सदरमुकाम दमौली

दमौली : बडा दशैं मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै तनहुँको सदरमुकाम दमौली सुनसान भएको छ । सधैंजसो ट्राफिक जाम हुने दमौलीका सडक अहिले जनसंख्या पातलिँदै गएपछि सुनसान भएका हुन् ।

सडकमा हिँड्डुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् , भने किनमेलका पसलहरु प्राय: बन्द छन् ।

धेरैजसो मजदुर र गाडीधनीहरु समेत गाडी थन्क्याएर घरमै केन्द्रित छन् । त्यसैले सार्वजनिक यातायातका साधन पनि फाट्टफुट्टमात्र चलेका छन् ।

दशैंमा हुनसक्ने सम्भावित दुर्घटना र आपराधिक घटना न्यूनीकरण गर्न भन्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपमा विशेष सुरक्षा योजना लागू गरेका छन् ।

तस्विर फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?