काठमाडौं : काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ ।
यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९. ओभरमै भेटाएको हो ।
नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा ६२ रन बनाए । कप्तान रोहित पौडेल ४७ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरीले ४० रन बनाए।
आजको खेलमा आशिफबाहेक पहिलो क्रमका ब्याट्सम्यान भने चलेनन् ।
यूएईका मोहम्मद जवादुल्लाहले २ र अकिफ राजाले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?