दमौली : तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले संचालन भएको पाँचौँ मिछुर्लङ दसैँ पर्यटन मेला समापन भएको छ । दशैंमा गाउँमा पर्यटक भित्रयाउने उदेश्यले तेस्रो नेत्र युवा संस्था भिमाद ५ मिछुर्लुङ्गको आयोजनामा कार्तिक ८ देखि ११ गते सम्म आयोजित उक्त मेलाको शनिवार समापन भएको हो ।
गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले शनिबार उक्त मेलाको समापन गरेका छन । मेलाको समापन गर्दै मन्त्री आलेले पर्यटन प्रर्बद्धनमा पाँचौ मिछुर्लुङ्ग दशै पर्यटन मेलाले सहयोग गरेको बताए ।
पछिल्लो समयमा मिुछुर्लुङ्गमा आन्तरिक पर्यटकको चहलपहल छ, उनले भने, गाउँमा दिगो पर्यटनको विकास गर्न आबश्यक छ । मिछुर्लुङ्गको पर्यटन विकासमा प्रदेश सरकारको ध्यान गएको छ ।प्रदेश सरकारले पर्यटन विकासका लागि बजेटको व्यवस्था सुरु पनि गरेको मन्त्री आलेले बताए । भिमाद नगरपालिका नगरप्रमुख दधिराज सुवेदीले मेलाले पर्यटकीय गतिविधि बढाएको बताए । मिछुर्लुङ्गमा गाउँको पर्यटन विकासमा स्थानीय सरकारको सहयोग रहन्छ, उनले भने ।
चार दिन सम्म सञ्चालन मेलामा भर्न आउने पाहुनले परम्परागत रोटे पिङ, झाटे पिङ, लिङ्गे पिङको मज्जा लिएका छन । मिछुर्लुङ सामुदायि होमस्टे, मिछुर्लुङ्ग भ्यूटावर, मगर लाफा भिलेज, मगर समुदायको मौलिक कौरा, झाम्रे नाँच र पुरुष भलिवल प्रतियोगिता मेलाको मुख्य आर्कषकको रुपमा रहेको थियो ।
मेला अवधिभर करिब पाँच हजार आन्तरिक पर्यटक भित्रयाउन सफल भएको तेस्रो नेत्र युवा संस्थाको अध्यक्ष दुर्गाबहादुुर थापाले बताए । साथै मेलामा आउने पाहुनालाई टीका र जमरा लगाएर लगाएर दशैको महत्व झल्काएको थियो ।
मेलाको अवसरमा आयोजित जुनियर पुरुष भलिबल प्रतियोगितामा गण्डकी इन्जिनियरिङ्ग उद्योग भिमाद मालेबगरको टिम प्रथम भएको छ । भने किहुँ हुक्काको टिम दोस्रो, माझकोटको टिम तेस्रो र घिरिङ्ग छानुङ्गको टिम सन्त्वना भएको मेलाको कार्यक्रम संयोजक रजिन्द्र थापाले बताए ।
प्रथम टिमले नगद ३० हजार, दोस्रो हुने टिमले २० हजार र तेस्रो हुने टिमले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन ।














यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?