अरिङ्गालले टोकेर भानुमा एकको मृत्यु

दमाैली : तनहुँको भानु नगरपालिका–७ रम्घाटारस्थित जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर सोमवार  बिहान एक जनाको मृत्यु भएको छ  ।

मृत्यु हुनेमा भानु नगरपालिका–४ फलाखेत बस्ने ३२ वर्षीय ३२ वर्षीय राजकुमार तामाङ रहेका छन् ।

अरिङ्गालले टोकेर अर्का  २४ वर्षीय धनबहादुर तामाङ घाइते भएका छन् ।

अरिङ्गालले टोकेर घाइते भएका दुवैलाई डुम्रेस्थित लक्ष्मी अस्पतालमा प्राथमिक उपचार पश्चात् चितवन मेडिकल कलेज पठाइएकामा राजकुमार तामाङको सोमवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

घाइते धनबहादुरको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?