तनहुँमा जनगणनाका सबै काम पुरा: कार्तिक २५ देखि गणक घरदैलो जाने

तनहुँ: प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणना २०७८ को तनहुँमा तयारी पुरा भएको छ । मेरो गणना मेरो सहभागिता राष्ट्रिय जनगणना २०७८ भन्ने मुल नाराका साथ यस महिनाको कार्तिक २५ देखि मंसिर ९ गते सम्म हुने जनगणनाका लागि सबै काम पूरा भएको छ ।अब तालिम प्राप्त गणकहरुले सरकारले तय गरेको मिति वाट नै जनगणना गर्नेछ ।

जिल्लाका तथ्यांक लिनका लागि घरघरमा खटिने गणकहरुको अन्तिम नामावली गत कार्तिक ६ गते प्रकाशन गरेर गणकहरुलाई जिल्लाका आँबुखैरेनी, डुम्रे, दमौली, खैरेनीटार र भिमाद गरि ५ ठाउँमा यसै महिनाको कार्तिक १३ गते देखि १६ गते सम्म ४ दिन प्रशिक्षण दिईसकेको छन् ।

जसमा जिल्लाका ४ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा ४९० जना गणकाहरुको सहभागी रहेको थियो ।तथ्यांकका लागि घरघर पुग्ने गणकले आँफूलाई खटाईएको क्षेत्रमा भौगोलिक विकटता हेरी १ सय ८० देखि २ सय ५० घरधुरीको तथ्यांक लिनु पर्ने जिल्ला जनगणना तनहुँका प्रमुख नन्दलाल सापकोटाले जानकारी दिए ।

यस पटकको जनगणनावाट वडागत घरपरिवारको आर्थिक अवस्था , सामाजिक, कुन परिवारमा कतिजना, परिवारमा कतिजनाको बैंकमा खाता खोलेका छन्, ऋण लिएका छन् वा छैनन , सरकारी अनुदानमा बनेका घर, ब्याबसायिक, प्राविधिक शिक्षा तालिम, बसाइसराई , धर्म, लिङ्ग लगायत विविध कुराहरू जनगणनाबाट प्राप्त हुनेछ । त्यसैगरी जनगणना कार्यक्रम अन्तरगत सुपरीबेक्षकले भदौ ३० देखि असोज १८ गतेसम्म शुद्धिकरणको काम सम्पन्न गरिसकेका छ भने जसबाट तनहुँ जिल्ला भरिमा ९१ हजार घरधुरी रहेको तथ्यांक प्राप्त भएको सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?