वालिङ : स्याङ्जाको चापाकोटका एक व्यक्तिले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् ।
चापाकोट नगरपालिका–७ खासा बस्ने करिब ५५ वर्षीय देवबहादुर विकले ४६ वर्षीया श्रीमती पार्वती विकलाई बन्चरो प्रहर गरेर हत्या गरी आफूले पनि आत्महत्या गरेको चापाकोट इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिए ।
श्रीमान्ले श्रीमतीको घाँटीमा बञ्चरो प्रहार गरी हत्या गरेको र त्यसलगत्तै आफू पनि घरनजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको हुनसक्ने घटनाको प्रकृतिले देखाएको उनले बताए ।
साँझ खाना खाएर सुत्न कोठामा गएकी छोरी बिहान उठ्दा आमा बुवा उठेको नदेखेपछि कोठामा हेर्दा आमाको हत्या भएको र बाहिर निस्केर हेर्दा घरनजिकैको रुखमा बुवा झुण्डिरहेको देखेपछि छोरीले छिमेकीलाई खबर गरेको प्रहरी निरीक्षक यादवको भनाइ छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?