मलेशियालाई हराउँदै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

 काठमाडौं : टी–२० विश्वकप छनोट खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ ।

यो जितसँगै नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा पुगेको छ ।

टस जितेर मलेसियाले दिएको १६६ रनको चुनौती नेपालले चार विकेटको क्षतिमा भेटाएको थियो । नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रमक ब्याटिङ गरेका थिए।

मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाए भने ओपनर भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाएका थिए ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?