मंगलवार दमौलीमा पत्रकार सम्मेलन गर्दै आउँदो श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ कात्तिक १६ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने महासंघ , स्याङ्जाका अध्यक्ष हरिहर पाण्डेयले जानकारी दिए ।
संस्कृतिसंस्कृति विद डा.जगमान गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन हुने अध्यक्ष पाण्डेयले बताए।
एक महिनासम्म ओमकार परिवार भित्र रहेका हिन्दु, बौद्ध, शिख र जैनलाई एकै ठाउँमा भेला भई धार्मिक अनुष्ठान र प्रवचन गराउने महासंघका केन्द्रीय सदस्य एवं भगवातालङ्कार नेत्र प्रसाद पराजुलीले बताए ।
उनले हिन्दु, बौद्ध, शिख र जैन वैदिक सनातन धर्मका चार फरक सम्प्रदाय भएको चर्चा गर्दै न्यौपानेले सबैको एकताले मात्र ओमकार परिवार बलियो हुने बताए ।
व्यासभूमिलाई विश्वभर परिचित गराउन र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित व्यास क्षेत्र विकास कोषको सक्रियतामा १०८ फिट व्यासको मूर्तिका लागि आवश्यक पूर्वाधार निर्माण काम सुरु गरिएको छ ।
व्यासको जन्मभूमि दमौलीमा शिवपञ्चायन मन्दिर छ । मन्दिरको केही तलपट्टि व्यासगुफा छ । जहाँ बसेर व्यास ऋषिले चारवेद र अठार पुराणको रचना गरेको दावी गरिन्छ । व्यास गुफाको पारिपट्टी पराशर गुफा छ । पराशर गुफासम्म पुग्नका लागि मादी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ । व्यासगुफासम्म घुम्न आएकाहरु पुल तरेर पराशर क्षेत्र पनि पुग्ने गरेका छन् ।
व्यासभूमिलाई अन्तर्राष्ट्रिय स्तरसम्म परिचित गराउँदै धार्मिक गन्तव्य बनाउन विविध कार्यक्रम हुँदै आएको छ । विसं २०४१ सालमा योगी नरहरिनाथले कोटीहोम लगाउने शिलशिलामा भएको धर्म सभामा महर्षि वेदव्यासको अवतरण भूमि दमौली स्थित शुक्लामाहेन्द्री सङ्गम भएको भनाई व्यक्त गरेका थिए ।
करिव ५५ सय वर्ष अगाडी व्यासको यस क्षेत्रमा अवतरण भएको धार्मिक विश्वास छ । व्यास ऋषिको जन्म बारेको प्रसङ्गमा दमौलीदेखि ८ किमि पूर्व छाब्दी बाराहको मन्दिरदेखि करिब ५० मिटर पश्चिम पट्टिको कुण्डमा व्यासकी माता सत्यवतीको जन्म भएको थियो, माछाको रूपबाट जन्म भएकीले त्यस कुण्डको नाम मच्छे कुण्ड रहन आएको हो भनिन्छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?