दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका –१ सत्रसयस्थित मित्रता माध्यामिक विद्यालयमा प्राविधिक धारमा अध्ययनरत विद्यार्थीले पढाइ खर्च आफैले जुटाएकाछन् । सो विद्यालयमा प्राविधिक धारअन्तर्गत डिप्लोमा इन एग्रिकल्चरमा अध्ययनरत विद्यार्थी फुल बेचेर आम्दानी लिन थालेका हुन् ।
शिक्षासँगै सम्वृद्धि भन्ने मुल नाराका साथ विद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई सिप सिकाउने र सीप सँगै आम्दानीको बाटो भने सिकाउने उदेश्यका साथ फुल खेति गरियकाे विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बाेगटीले जानकारी दिए ।
विद्यालयले विद्यार्थीलाई आयआर्जन र सीप दिन कृषि फर्म सञ्चालन गरेपछि पढाइसँगै कृषिमा आबद्ध भएका हुन् । विद्यार्थीले आम्दानीका अतिरिक्त विद्यालयमा सिकेको आधुनिक कृषि सीपलाई घर तथा समाजमा पनि सिकाउन सकुन् भनेर कृषि फर्म सञ्चालन गरिएको विद्यालयका कृषि संयोजक तथा शिक्षक सुजन लामिछानेले जानकारी दिए ।
आँबुखैरेनी गाउँपालिका कार्यालयले ३ लाख पुँजी दिएको र साेहि रकम अन्तर्गत फुल खेती गरिएको र विद्यार्थीहरुलाई आर्थिक संबृद्धि र कृषिमा जोड्दै लैजाने लक्ष्य रहेको प्रधानाध्यापक बोगटीले बताए । विद्यार्थीलाइ श्रमसँग जोड्दै श्रम प्रति आस्थावान निष्ठावान र स्वाभिमानी बनाउने लक्ष्य समेत रहेको उनले बताए ।
तिहारको समयमा फूल किन्न चाहने व्यक्तिहरुलाइ विद्यालयमा सम्पर्क गरी किन्न समेत सकिने प्रधानाध्यापक बोगटीले बताए ।
यस क्षेत्रमा मूख्यगरी कृषि व्यवसाय नै आम्दानीको मूख्य स्रोत भएकाले डिप्लोमा इन एग्रिकल्चर सञ्चालन गरिएकाे छ । विद्यालयका अनुसार प्राविधिक धारमा तनहुँका अतिरित्त गोरखा, लमजुङ र सुर्खेतका विद्यार्थी अध्ययन गर्छन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?