दमाैली : दमाैली अस्पतालकाे स्तराेन्नाेतिकाे माग गर्दै बिहीबार मुख्यमन्त्री सुरेन्द्र पाण्डेकाे ध्यानाकर्षण गरिएकाे छ ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेकाे नेतृत्वमा गएकाे टाेलीले मुख्यमन्त्री पाण्डेकाे ध्यानाकर्षण गराएकाे हाे ।
टाेलीमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्याैपाने, पुर्व प्रदेश मन्त्री डाेवाटे विक, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, तनहुँका प्रहरी प्रमुख अवदेश विष्ट, दमाैली अस्पताल विकास समितिका अध्यक्ष देवेन्द्र थापा, सदस्यहरू केश बहादुर सुनार, शुशिला शर्मा, सिर्जना सिग्देल, वीर बहादुर थापा, दमाैली अस्पतालका मेसु डा. परिवर्तन वराल र शंकरबाबु अधिकारी लगायतकाे टाेली सहभागी भएका थिए ।
मुख्यमन्त्री पाण्डेसंगकाे छलफलका क्रममा सामाजिक विकास तथा स्वास्थ मन्त्री शुशिला सिंखडा, प्रमुख सचिव लक्ष्मी कुमारी वस्नेत, स्वास्थ्य सचिव विनाेद विन्दु शर्मा सहभागी थिए ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?