दमौली : तनहुँको व्यास नगरपलिका -३ व्यासभुमि व्यास गुफमा जारी आठौ विश्वओमकार तथा हिन्दू महामिलन पर्व अन्तर्गत आजदेखि सुरु भएको श्रीमद्भागवत ज्ञान महायज्ञ भएको छ
विश्व हिन्दु महासङ्घघ नेपाल स्याङ्जा शाखाको आयोजनामा व्यासको जन्मभूमिको प्रचारप्रसार गर्दै धार्मिक पर्यटकीय स्थल बनाउने उद्देश्यसहित दमौलीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ गरेको हो ।
महायज्ञको उद्घाटन नेपाल ऋषिप्राज्ञ तथा वरिष्ठ संस्कृतिविद् गुरुङले गरेका हुन् ।
गुरुङले व्यास ऋषिको जन्मभूमि, पराशर ऋषिको तपोभूमि व्यासगुफा शास्त्र र शक्तिको प्रमुख केन्द्रबिन्दु भएको उल्लेख गरेका छन् ।
उनले नेपाली भूमि विश्वकै तपोभूमि रहेको भन्दै व्यासको जन्मस्थल शास्त्र र शक्तिको प्रमुख केन्द्रविन्दु भएको दावी गरे।
प्रमुख बाचक पण्डित नेत्र प्रसाद पण्डितको बाचकत्वमा सातदिन भागवत् कथा वाचन हुनेछ । विश्व हिन्दु महासङ्घ स्याङ्जाका अध्यक्ष हरिहर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विश्व हिन्दु महासङ्घका उपाध्यक्ष शङ्कर खराल, शान्ति स्वरुपानन्द दामोदर बाबा, व्यासका अध्यता काशीनाथ न्यौपाने, पूर्व सांसद शङ्करप्रसाद पाण्डे लगायतले व्यासभूमिको महत्वका बारेमा चर्चा गरे।
व्यासभूमिलाई विश्वभर परिचित गराउन र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित व्यास क्षेत्र विकास कोषको सक्रियतामा १०८ फिट व्यासको मूर्तिका लागि आवश्यक पूर्वाधार निर्माण काम सुरु गरिएको छ ।
व्यासको जन्मभूमि दमौलीमा शिवपञ्चायन मन्दिर छ । मन्दिरको केही तलपट्टि व्यासगुफा छ । जहाँ बसेर व्यास ऋषिले चारवेद र अठार पुराणको रचना गरेको दावी गरिन्छ ।
व्यास गुफाको पारिपट्टी पराशर गुफा छ । पराशर गुफासम्म पुग्नका लागि मादी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ । व्यासगुफासम्म घुम्न आएकाहरु पुल तरेर पराशर क्षेत्र पनि पुग्ने गरेका छन् ।
व्यासभूमिलाई अन्तर्राष्ट्रिय स्तरसम्म परिचित गराउँदै धार्मिक गन्तव्य बनाउन विविध कार्यक्रम हुँदै आएको छ । विसं २०४१ सालमा योगी नरहरिनाथले कोटीहोम लगाउने शिलशिलामा भएको धर्म सभामा महर्षि वेदव्यासको अवतरण भूमि दमौली स्थित शुक्लामाहेन्द्री सङ्गम भएको भनाई व्यक्त गरेका थिए ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?