दमौली : नेपाल प्रहरीले भूकम्प पीडितका लागि सहयोग माग्ने व्यक्ति वा संघ–संस्थाहरू आधिकारिक हो वा होइन भन्ने निश्चित गरेर मात्रै सहयोग गर्न आग्रह गरेको छ।
जाजरकोटको बारिकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पपछि सहयोग गर्नेहरूले सामाजिक सञ्जालमार्फत विभिन्न अपिल गरिरहेका छन्।
त्यस्ता व्यक्ति वा संस्थाहरूबाट ठगिने सम्भावना औंल्याउँदै प्रहरीले आधिकारिकता पुष्टि गरेर मात्रै सहयोग गर्न आग्रह गरेको हो।
‘भूकम्प पीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा संघ–संस्थाहरू आधिकारिक हो वा होइन निश्चित गरेर मात्र सहयोग गर्नुहोला,’ प्रहरीले भनेको छ, ‘इन्टरनेट Scammer वा Exploiter हरूबाट सावधान रहन अनुरोध।’
सरकारले राहत तथा उद्धारका लागि तयारी गर्दै सक्रियता बढाएको छ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?