खुल्ला चौरमा प्लाष्टिक ओढेर सुते भूकम्प पीडित

जाजरकोट : जाजरकोटका भूकम्प पीडितहरु गएराती खुल्ला चौरमा प्लाष्टिक ओढेर सुतेका छन् । भूकम्पले घर भत्काएपछि खुल्ला आकासमुनि बास बस्न बाध्य भएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भूकम्प पीडितहरुको अवस्था बुझ्न शनिबार राती पीडितहरु बास बसेको ठाउँमा पुगेका थिए ।

भूकम्पका कारण घरबार विहिन भएका नागरिकहरु प्लाष्टिक ओढेर सुत्नुपर्ने बाध्यतामा पुगेको लामिछानेको स्वकिय सचिव प्रकाश सिग्देलले बताए । पीडितहरुलाई राहत तथा पुर्नस्थापनाका लागि आवश्यक सहयोग गरिने उनले बताए ।

शुक्रबार राती गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा गरी १५७ जनाको मृत्यु भइसकेको छ भने ३०० बढी घाइते भएका छन् ।

सरकारले पनि आजबाट भूकम्प पीडितलाइ राहत तथा पुनःस्थापनाकाे काम गर्ने बताएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?