प्रदीप पौडेलले एक महिनाको तलब भूकम्पपीडित राहत कोषलाई दिने

दमौली : नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधि सभा सांसद प्रदीप पौडेलले जाजरकोट भूकम्प पीडितको सहयोगका लागि सरकारी कोषमा एक महिनाको तलब दिने भएका छन्।

भूकम्पले क्षति पुर्‍याएका ठाउँमा उद्धारका कामलाई तीव्र बनाउन र पुनर्स्थापनाका लागि सरकारी कोषमा संघीय सांसदका रूपमा प्राप्त एक महिनाको तलब हस्तान्तरण गर्ने पौडेलले बताए।

भूकम्पले जनधनको क्षति पुर्‍याएकोमा उनले दु:ख व्यक्तसमेत गरेका छन्।

सांसद पौडेलले भूकम्पपीडितलाई राहत र सहयोग गर्न सहयोगीहरूलाई आग्रहसमेत गरेका छन्।

गत शुक्रबार बेलुकी जाजरकोट केन्द्र भई गएको भूकम्पले एक सय ५७ जनाको मृत्यु भइसकेको छ भने करिब दुई सय जना घाइते छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?