ऋषिङले भूकम्प पीडितका लागि एक लाख सहयोग गर्ने

दमौली : तनहुँको ऋषिङ गाउँपालिकाले भूकम्प पीडितका लागि एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग घोषणा गरेको छ ।

आइतबार गाउँपालिकाले भूकम्प पिडितको उद्धार तथा राहतमा सो रकम सहयोग गर्ने निर्णय गरेको हो ।

जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प पिडित परिवारप्रति समवेदना समेत व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?