दमौली : तनहुँको भिमादमा ट्याक्टरबाट खसेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका– ६ का जलौदीका बर्ष ३३ को मीन बहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमवार भिमाद–६ स्थित जनज्योति माध्यमिक विद्यालयबाट भिमाद बसपार्क जाँदै गरेको ग १ त ४४४६ न।को ट्याक्टरमा सवार सार्की ट्याक्टरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।
ट्याक्टरबाट एक्कासि खसेर गई गम्भीर घाइते भएकोले सार्कीलाई तत्काल उपचारको लागी शुक्ल गण्डकी नगरपालिको बेल चौतारा स्थित गिरिजाप्रसाद कोइराला राष्ट्रिय श्वास प्रश्वास केन्द्र पठाएकोमा ८ः२५ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक खाँडले बताए ।
ट्याक्टर चालकलाई नियन्त्रणमा लिई उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?