राष्ट्रिय जनगणना २०७८ अन्तर्गत भोलि बुधबारबाट मूल गणना हुने भएको छ । मंसिर ९ गते सम्म हुने जनगणनाका लागि तयारी पूरा भएको तथ्यांक विभागका जनाएको छ ।
नेपालमा हरेक १०-१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गर्दछ ।हाल मूल गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षक छन। यसअघि ३० भदाैबाट सुरु भएको सूचीकरण १८ असाेजसम्म चलेको थियो ।
जसमा तनहुँ जिल्लाका ४ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा मात्रै ४९० जना गणकाहरुको सहभागी रहेको छन् भने जिल्ला भरिमा ९१ हजार घरधुरी रहेको छ ।
यस पटकको जनगणनावाट वडागत घरपरिवारको आर्थिक अवस्था , सामाजिक, कुन परिवारमा कतिजना, परिवारमा कतिजनाको बैंकमा खाता खोलेका छन्, ऋण लिएका छन् वा छैनन , सरकारी अनुदानमा बनेका घर, ब्याबसायिक, प्राविधिक शिक्षा तालिम, बसाइसराई , धर्म, लिङ्ग लगायत विविध कुराहरू जनगणनाबाट प्राप्त हुनेछ ।
जनगणनामा छुटेका व्यक्ति तथा परिवारले केन्द्रिय तथ्यांक विभागमा सम्पर्क गरी टिपाउन सक्ने जनाएको छ ।विभागले यसअघि असार ८ गतेदेखि जनगणना सुरु गर्ने तयारी गरेता पनि कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएसंगै जनगणना स्थगित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?