रेशम चौधरीको मुद्दामा अन्तिम सुनुवाइ आज

काठमाडौं : सरकारको सिफारिसमा आममाफी पाएका रेशम चौधरीको मुद्दाको अन्तिम सुनुवाइ आज हुने भएको छ ।

सर्वाेच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएका चौधरीको मुद्दाको अन्तिम सुनुवाइ आज हुन लागेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा दिएको आममाफी विरुद्ध ‘कैलाली नरसंहार’मा मारिएका तत्कालीन प्रहरी एसएसपी लक्ष्मण न्यौपानेका आफान्तले मुद्दा दायर गरेका थिए ।

चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?