शेयर बजार परिसूचक नेप्से सोमवार पनि घटेको छ । नेप्से ६५ दशमलव ५८ अङ्कले घटेर २५ सय ६ दशमलव ६१ विन्दुमा झरेको हो ।
सोमवार बैंकिङ समूहको शेयर झण्डै ११ अङ्कले, विकास बैंकको ८८ अङ्कले, व्यापारको एक सय २७ अङ्कले, जलविद्युतको ९९, फाइनान्सको झण्डै २८ अङ्कले, माइक्रो फाइनान्सको एक सय १२ अङ्कले, उत्पादनको ९५, अन्यको ५४ र लगानी समूहको शेयर झण्डै तीन अङ्कले घटेको छ ।
सोमवार दुई सय २० कम्पनीका एक करोड २९ लाख कित्ता शेयर ६ अर्ब ५९ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै माथिल्लो तामाकोशी कम्पनीको ३१ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?