धयरेमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

दमाैली : तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा  शुक्रबार साँझ दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–७ बाँसश्वारा बस्ने ५५ वर्षीय गङ्गाबहादुर बराली रहेको छ  ।

पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रो र विपरित दिशाबाट जाँदै गरेको लु ४६ प ४५५ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

दुर्घटनामा घाइते बरालीको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक खाँणले बताए।

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका १९ वर्षीय विशाल बरालीको दमौली अस्पतालमा उपचार भइरहेको छ । माइक्रो र चालक प्रहरी नियन्त्रण लिएर अनुसन्धान गरिरहेको तनहुँ प्रहरीले जनाएको।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?