देउसीभैलो खेल्नेलाई बढीमा एक सय ५० दान

दमाैली : तनहुँको भिमाद नगरपालिकामा देउसीभैलो खेल्नेलाई बढीमा रु एक सय ५० सम्म दान दिने निर्णय गरिएको छ ।

भिमाद नगर उद्योग वाणिज्य सङ्घले तिहारका अवसरमा खेलिने देउसीभैलोलाई बढीमा रु एक सय ५१ सम्म दान गर्ने निर्णय गरेको हो ।

सम्पूर्ण व्यापारीहरुको पेशागत हकहितलाई मध्यनजर गरी संस्थाको रुपमा देउसीभैलो खेल्न आउनेलाई रु ५१ देखि बढीमा रु एक सय पचाससम्म दान दिने निर्णय भएको सङ्घका महासचिव उमाकान्त श्रेष्ठले जानकारी दिए।

व्यक्तिगत रुपमा देउसीभैलो खेल्न आउनेलाई रु ५० दान दक्षिणा सहयोग गर्ने निर्णय भएको छ ।

सङ्घले बजारमा पटाका एवं विष्फोटकजन्य पदार्थको प्रयोग एवं विक्री वितरण नगर्न समेत सचेत गराएको छ ।

messenger sharing button

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?