दमौली : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सहित एक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका- ९ बस्ने बर्ष १९ को राहुल पासवान रहेको जिल्ला प्रहरी तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
मुग्लिङबाट आँबुखैरेनी तर्फ आउदै गरेको (बिरगंज- पोखरा लेखिएको) ग.२ ख.००९८ न.को यात्रु बाहक बसमा सवार जिल्ला पर्सा पासवानले लगाएको पाइन्टको दाहिने गोजी भित्र पोलिथिनमा लुकाई छिपाई राखेको लागुऔषध सहित पक्राउ परेको उनले बताए ।
प्रहरीले निजहरुको साथबाट ब्राउन सुगर (खैरो हिरोईन) जस्तो देखिने पदार्थ २९ ग्राम ७१० मिलीग्राम लागु औषध अवैध लागुऔषध बरामद गरेको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?