भाइटीकाको साइत भोलि बिहान १०:५१ मा

दमौली : यस वर्षको भाइटीकाको उत्तम साइत कार्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार किजा पूजा र भाइटीकाको उत्तम साइत बुधबार बिहान १०:५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिनेछ ।

शनिबार काग तिहार, आइतबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइएको छ ।

सोमबार गाई पूजा, मंगलबार(आज) गोवर्द्धन पूजा/म्ह पूजा मनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?